२७ जेठ २०८३, बुधबार

खोटाङको हलेसी बजारमा आगलागी, प्रचण्डले गराए सरकारको ध्यानाकर्षण

फागुन ४, २०८१
काठमाडौं
खोटाङको हलेसी बजारमा आगलागी, प्रचण्डले गराए सरकारको ध्यानाकर्षण

खोटाङको हलेसी बजारमा आइतबार साँझ भिषण आगलागी भएको छ । हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलमा आगलागी भएको हो ।

प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खोटाङको हलेसी बजारमा भएको आगलागी नियन्त्रणका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

 आज साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलबाट सुरु भएको आगलागी फैलदै जादा क्षति बढ्ने खतरा देखिएको उल्लेख गर्दै उनले यसलाई गम्भीरतापूर्वक लिएर थप क्षति हुन नदिन सरकारी निकायहरुको ध्यानाकर्षण गराएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्