
प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले वंशजको नागरिकता जसले पाएको छ, उसको नागरिकता क्यान्सिल गर्न नहुने बताएका छन् ।
आइतबार गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि सामान्य छलफलका लागि पेस गरेको प्रस्तावउपर छलफलका क्रममा शाहीले एक पटकको नेपाली सदाको नेपाली हुनुपर्ने बताए ।
‘वंशजको आधारमा ज–जसले नागरिकता पाएका छन् । विदेशको नागरिकता लिएपनि तिनीहरूको नागरिकता क्यान्सिल गर्नु हुँदैन । किनकि तिनैका पुर्खाले बनाएको देश हो यो । र, आज हामी त्यही इतिहासमा उभिएर नेपालको सांसद, प्रधानमन्त्री र गृहमन्त्री भएको हो’, उनले भने ।
उनले जबजब देशमा क्रान्ति नाममा व्यवस्था परिवर्तन हुन्छ त्यसपछि वंशजको नागरिकता पाउनेको खोस्ने सरकारले विदेशीलाई चाहिँ नागरिकता बाँड्ने सौदाबाजी गर्ने गरेको जिकिर गरे ।
आज एनआरएनएहरुले नेपालमा खर्बौँ लगानी गर्न चाहिरहेपनि नेपालको नागरिकता समेत नहुँदा समस्या भएको बताए । ‘नागरिकता दिएको छ खास्टो, जसले फेरि नि भिसा लगाउनुसपर्छ । संसारको कुन देशमा हुन्छ हो त्यस्तो रु’, उनले भने, ‘नागरिकता पनि दिने भिसा पनि लगाउने रु’
यसअघि विनोद कुँवरसहितका गैरआवासीय नेपालीहरूको एक समूहले शाहीलाई यसबारे ध्यानाकर्षण समेत गराएको थियो ।