
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनवार्ता गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी गराएका हुन् ।
राष्ट्रपति म्याक्रोंले लेखेका छन्, 'हामी युक्रेनमा दिगो शान्ति चाहन्छौं। यो हासिल गर्न रुसले आक्रामकता त्याग्नुपर्छ। युक्रेनी जनताको सुरक्षाको लागि बलियो र विश्वसनीय ग्यारेन्टी प्रदान गरिनुपर्छ।'
अन्यथा मिन्स्क सम्झौताको अवस्था दोहोरिन सक्ने उनको चेतावनी छ । पूर्वी युक्रेनमा रुस समर्थक विद्रोहीहरू र युक्रेनी सेना बीचको रक्तपातपूर्ण द्वन्द्व पछि २०१४ मा मिन्स्क-१ सम्झौतामा हस्ताक्षर गरिएको थियो यसैगरी २०१५ मा मिन्स्क-२ सम्झौतामा हस्ताक्षर गरिएको थियो।