०२ असार २०८३, मंगलबार

एकैपटक १ सय २० सशस्त्र प्रहरी किन परे कारबाहीमा ?

फागुन ६, २०८१
काठमाडौं
एकैपटक १ सय २० सशस्त्र प्रहरी किन परे कारबाहीमा ?

सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले सङ्गठनको निर्देशनविपरीत सङ्गठनको ​पोशाक लगाएर विभिन्न क्रियाकलाप गरेको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा​ अपलोड गरेका एक सय २० जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई विभागीय कारबाही गरेको छ ।

सशस्त्र प्रहरीले चार जना प्रहरी नायब निरीक्षक, पाँच जना सहायक निरीक्षक, छ जना वरिष्ठ हवल्दार, तीन जना हवल्दार, नौ जना सहायक हवल्दार, ९१ जना जवान र दुई जना परिचरलाई कारबाही गरेको हो ।

उनीहरूलाई बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाइ गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए ।

सङ्गठनको नियमविपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई नियमन गर्नका लागि सामाजिक सञ्जाल अनुगमनसम्बन्धी शाखा स्थापना गरेको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालमा अमर्यादित ढङ्गको तस्विर तथा भिडियो बनाएर अपलोड गर्ने २८ जना सशस्त्र प्रहरी कर्मचारीहरूमाथि विभागीय कारबाही गरी सोको विवरण यथाशीघ्र खुलाई पठाउन मातहत कार्यालयलाई निर्देशनसमेत दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्