सिराहामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका-७ फुलकाहा बस्ने ४० वर्षीया संगीता महतोको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको हो ।
सोही ठाउँस्थित आफ्नै तरकारी बारीमा जडान गरिएको विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि मेट्रो मेघा हेल्थ केयर कसाहा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।