२७ जेठ २०८३, बुधबार

चार प्रदेशका केही भागमा हल्का वर्षाको सम्भावना

फागुन ९, २०८१
काठमाडौं
चार प्रदेशका केही भागमा हल्का वर्षाको सम्भावना

देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्