२८ जेठ २०८३, बिहीबार

शहीद परिवारसँगको भेटमा प्रचण्डले भने- शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुंग्याउँछौं

फागुन ९, २०८१
पाेखरा
शहीद परिवारसँगको भेटमा प्रचण्डले भने- शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुंग्याउँछौं

​नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शहीद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले शुक्रबार तनहुँको दुलेगौंडामा शहीद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन् ।

भेटमा उनले माओवादी नेतृत्वको पछिल्लो सरकारले जनयुद्धका शहीद तथा बेपत्ताहरूको सम्मान, राहतलगायतका क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताए ।

'हामीले सरकारको नेतृत्व गर्दा जनयुद्ध र जनयुद्धका शहीद बेपत्ताको सम्मानमा महत्त्वपूर्ण काम गर्‍यौं। जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दिने, जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्‍यौं । हाम्रै पहलमा सत्य निरुपण तथा मेलमिलापसम्बन्धी कानून टुंगो लगाएका छौं । आयोग बनाएर बाँकी काम पूरा गर्न संघर्ष गर्छौं,' उनले भने ।

भेटमा शहीद परिवारका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डले शहीद र बेपत्ताको सम्मान, परिवारको संरक्षण र राहतमा खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आयोग बनाएर बाँकी काम टुंग्याउन ध्यानाकर्षण गराएका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्