३० जेठ २०८३, शनिबार

३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउँदै काठमाडौं महानगर

फागुन ९, २०८१
काठमाडौं
३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउँदै काठमाडौं महानगर
फाइल फोटो

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा करिब ३३ हजार वर्ग मिटरमा ढुङ्गा बिछ्याउने भएको छ । कुल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुङ्गा बिछ्याउने लक्ष्यसहित काम भइरहेको छ । 

महानगरको सार्वजनिक निर्माण विभागले चालू आवमा सार्वजनिक खरिद प्रक्रियाबाट सात वटा प्याकेजमा आठ वटा योजना कार्यान्वयन ल्याइएकोमा पाँच वटा योजना सम्पन्न भएको जनाएको छ ।

सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, सहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदलयात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदलमार्ग, भित्री सडक तथा गल्लीमा ढुङ्गा बिछ्याउने काम भइरहेको हो । 

विभागका प्रमुख सुरज शाक्यका अनुसार योजना वडा नम्बर ६, ८, १२, २१, २६ र २७ गरी ६ वटा वडा र हनुमान ढोका दरबार संरक्षण क्षेत्रमा काम भइरहेको छ । यसका लागि रु २९ करोड ४७ लाख ८८ हजार आठ सय ५९ लागत अनुमान गरिएको थियो ।

सम्पन्न भएका पाँच वटा योजनामार्फत १० हजार सात सय २९ वर्गमिटर क्षेत्रमा ढुङ्गा बिछ्याइसकिएको छ ।

यसअन्तर्गत वडा नम्बर ८ को जयवागेश्वरी मार्ग सिफल सेतो ढोकादेखि जयबागेश्वरी चोकसम्मको एक हजार चार सय ८५ वर्गमिटर मार्गको काम सकिएको छ ।

यसको लागत रु एक करोड २६ लाख ६० हजार हो । वडा नम्बर १२ को ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्मको एक हजार आठ सय २५ वर्गमिटर मार्गमा ढुङ्गा बिछ्याइसकिएको छ । यसको लागत रु एक करोड ५४ लाख ६८ हजार आठ सय  हो । 

वडा नम्बर २१ को लगन चोकमा दुई हजार ९२ वर्गमिटर क्षेत्रको काम सकिएको छ । यसको लागत रु एक करोड ३६ लाख २९ हजार सात सय २७ रहेको छ ।

वडा नम्बर २६ को कुमारीकृपा मार्गको एक हजार १७ वर्गमिटर क्षेत्र र वडा नम्बर ६ को रामहिटी मार्गमा पाँच सय २० वर्गमिटर क्षेत्रमा रु ४४ लाख ८७ हजार ६ सयमा काम सम्पन्न भएको छ 

salt training

कमेन्ट गर्नुहोस्