३० असार २०८३, मंगलबार

निसान म्यागनाइटका ४ वटा नयाँ भेरियन्ट नेपालमा, कति पर्छ मूल्य ?

फागुन ९, २०८१
काठमाडौं
निसान म्यागनाइटका ४ वटा नयाँ भेरियन्ट नेपालमा, कति पर्छ मूल्य ?

नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट सँस्करण सार्वजनिक गरेको छ । यो नयाँ म्याग्नाइटको प्रारम्भिक मूल्य रू. ३४.७५ लाखदेखि शुरू हुन्छ ।

नयाँ म्याग्नाइट अझ ‘बोल्डर’ डिजाइन, उत्कृष्ट सुरक्षा विशेषताहरू, र अत्याधुनिक प्रविधिसहित आएको छ, जसले उत्कृष्ट मूल्यलाई कायम राख्दै अतुलनीय ड्राइभिङ अनुभव सुनिश्चित गर्छ ।​

म्याग्नाइट लाइनअप चारवटा ‘रिफ्रेस्ड’ भेरियन्टहरूमा उपलब्ध छ ।

जसमा ‘भिजिया’, ‘एक्सेन्टा’, ‘एन-कनेक्टा’, र ‘टेक्ना-प्लस’ समावेश छन् । उपलब्ध हरेक विशेषतासहितको शीर्ष भेरियन्टको मूल्य रू. ५२.९९ लाखसम्म पर्न जान्छ भने भिजिया र एक्सेन्टाको मूल्य यथावत् राखिएको छ ।

यी भेरियन्टहरूमा, नयाँ म्याग्नाइटको जम्मा १३ प्रकारका ‘कन्फिगरेसन’हरू उपलब्ध छन्, जसमा ‘टर्बो-पेट्रोल’ र ‘नेचुरल्ली एस्पिरेटेड इञ्जिन’सहित म्यानुअल र अटोमेटिक ट्रान्समिसनका विकल्पमा उपलब्ध छन् ।

निसान म्याग्नाइटको नयाँ फेसलिफ्टको आधिकारिक सार्वजनिकिकरण कार्यक्रम शुक्रबार थापाथलीस्थित निसानको शोरुममा सम्पन्न भएको हो ।

ग्राहक, मिडिया प्रतिनिधि, तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा नयाँ फेसलिफ्टको अनावरण गरिएको हो । 

अतिथिहरूमा पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, पायोनियर मोटोकर्पका निर्देशक गौरव शारडा, पायोनियर मोटोकर्पका ग्रुप अध्यक्ष धिरेन तामाङ, पायोनियर मोटोकर्पका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्द, तथा पायोनियर मोटोकर्पका सिनियर म्यानेजर राजकुमार ढकालको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्