२६ असार २०८३, शुक्रबार

काँग्रेस सभालाई लक्षित गरी चरिकाेटमा सकेट बम !

मंसिर ७, २०७४
काँग्रेस सभालाई लक्षित गरी चरिकाेटमा सकेट बम !

चरिकोट, दोलखा, ७ मंसिर – नेपाली काँग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम आज नेपाली सेनाले निष्क्रिय पारेको छ । 

सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको हो । 

सकेट बम राखिएको स्थानमा काँग्रेसले आज आमसभाको आयोजना गरेको छ । उक्त आमसभालाई काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले सम्बोधन गर्ने कार्यक्रम छ । 

स्थानीयवासीले शंकास्पद वस्तु देखेपछि खबर गरेका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्