२१ असार २०८३, आइतबार

विद्युत् आपूर्ति बन्द भएपछि चिलीमा अन्धकार : प्रभावित क्षेत्रमा सेना परिचालन गरियो

फागुन १४, २०८१
काठमाडौं
विद्युत् आपूर्ति बन्द भएपछि चिलीमा अन्धकार : प्रभावित क्षेत्रमा सेना परिचालन गरियो

चिलीमा विद्युत् आपूर्ति बन्द भएपछि देशको ठूलो भागलाई असर गरेको छ । बिजुली कटौतीबाट ८० लाख घर प्रभावित भएका छन् । ​

देशव्यापी विद्युत कटौतीपछि प्रभावित क्षेत्रमा कर्फ्यू लगाइएको बीबीसीले जनाएको छ । कर्फ्युसँगै त्यहाँ सैनिकहरू पनि तैनाथ गरिएको समाचारमा उल्लेख छ । 

देशका अस्पताल र कारागारमा जेनेरेटरबाट विद्युत् आपूर्ति भइरहेको छ । यातायात व्यवस्था नराम्ररी प्रभावित भएको छ । 

सरकारले यसका लागि प्रणालीको कमजोरीलाई दोष दिएको छ । विद्युत् आपूर्ति बन्द हुनुको कारण अझै पत्ता लागेको छैन । 

बिजुली आपूर्ति बन्द भएपछि विश्वको सबैभन्दा ठूलो तामा उत्पादक देशमा खानीको काम पनि रोकिएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्