
इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमारबीचको खेल हेर्नका लागि करिब ३ घण्टा अगाडि नै दशरथ रंगशाला भरिभराउ भएको छ ।
फुटबलप्रेमीहरू राष्ट्रिय झण्डासहित रंगशाला पुगेका छन् । लिग चरणको अन्तिम खेलमा दुवै टोलीले २/२ गोल गरेका थिए । नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइलनमा पुगेका हुन् । खेल अहिले ६ बजेदेखि शुरू हुँदैछ ।

लिग चरणमा म्यानमारले लेबनानलाई ३–१ र कीर्गिस्तानलाई ५–० ले हराएको थियो। नेपालले भने यी दुई प्रतिद्वन्द्वीविरुद्ध समान १–० को जित निकालेको थियो ।



