२९ असार २०८३, सोमबार

५४ वर्ष पुरानो ऐनले पानी जहाज सञ्चालनमा बाधा

फागुन २१, २०८१
काठमाडौं
५४ वर्ष पुरानो ऐनले पानी जहाज सञ्चालनमा बाधा

 जहाज सञ्चालन गर्ने उद्देश्यले २०२७ सालमा पानी जहाज दर्ता ऐन, २०२७ जारी भयो तर यो ऐन अझै पनि समयानुसार परिमार्जन भएको छैन । ५४ वर्ष अघि निर्माण भएको ऐनले समयसापेक्ष काम गर्न बाँधा पुर्याएको गुनासो बढेको छ । 

पानी जहाज दर्ता ऐन, २०२७ अनुसार स्थापना र सञ्चालनमा रहेको यस कार्यालय अहिले नयाँ ऐनको पर्खाइमा छ । समयसापेक्ष कानुन नबन्दा काम गर्न गाह्रो भइरहेको कार्यालयका  अधिकारीहरूले गुनासो गरेका हुन् । 

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा ‘पानीजहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१’ उपरको छलफलमा कार्यालयका कायममुकायम रजिस्ट्रार मणिराम भुसालले आन्तरिक जलमार्ग नियमन अनिवार्य भइसकेको बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्