०२ साउन २०८३, शनिबार

भारतको खानीमा दुर्घटना हुँदा दुई मजदुरको मृत्यु

फागुन २१, २०८१
काठमाडौं
भारतको खानीमा दुर्घटना हुँदा दुई मजदुरको मृत्यु

भारतको महाराष्ट्रको भण्डारा जिल्लामा अवस्थित म्याङ्गनीज ओर इन्डिया लिमिटेड (एमओआइएल)को स्वामित्वमा रहेको चिखला खानीमा स्ल्याब भत्किँदा दुई कामदारको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।     
     
मृतकको शव पोष्टमार्टमका लागि उपजिल्ला अस्पतालमा राखिएको जिल्ला विपद् व्यवस्थापन कक्ष (डीडीएमसी)ले जनाएको छ । यसैबीच, घाइते कर्मचारीलाई उपचारका लागि भण्डारा जिल्लाको लक्ष्य अस्पताल पठाइएको छ ।

मृत्यु हुनेमा ५० वर्षीय विजय नन्दलाल र ४१ वर्षीय अरुण जीवनलाल चोरमार रहेको विपद् व्यवस्थापन कक्षले जनाएको छ । घाइते श्रमिकको ५६ वर्षीय  शंकर सहदेव विश्वकर्मा रहेका छन् । तीनै जना कामदार खानीका स्थायी कर्मचारी हुन् ।    

salt training

कमेन्ट गर्नुहोस्