२१ असार २०८३, आइतबार

बालेनको पुर्ख्यौली घर पुगेर प्रचण्डले भने- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गर्न अघि बढौं

फागुन २२, २०८१
काठमाडौं
बालेनको पुर्ख्यौली घर पुगेर प्रचण्डले भने- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गर्न अघि बढौं

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ । 

कार्यक्रम भएको स्थल काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहको पुर्ख्यौली घर हो, जो हाल गाउँपालिकाले भाडामा प्रयोग गरिरहेको छ।

जनतासँग माओवादी तराई मधेश जागरण अभियानअन्तर्गत आज प्रचण्ड बालेकोको पुर्ख्यौली घरमा पुगेको उनको सचिवालयले जनाएको छ ।

कार्यक्रममा प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नेगरी अघि बढ्न आह्वान गरे ।

'प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न अघि बढौँ भन्न हामी तपाईंहरूलाई अपिल गर्नेछौँ । त्यतिबेला तपाईंहरूको साथ हुने विश्वास व्यक्त गर्दछु,' उनले भने ।

कमेन्ट गर्नुहोस्