०९ असार २०८३, मंगलबार

एआईजी जनक भट्टराईसहित १५ प्रहरी अधिकृतले लगाए फुली

फागुन २२, २०८१
काठमाडौं
एआईजी जनक भट्टराईसहित १५ प्रहरी अधिकृतले लगाए फुली

बुधबार मात्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना प्रहरी अधिकृतहरूले दर्ज्यानी चिन्ह लगाएका छन् । 

बिहीबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले पदोन्नति हुनुभएका १५ जना प्रहरी अधिकृतहरूलाई प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार भट्टराई प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका थिए ।

यस्तै, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को फागुन २० गतेको निर्णयअनुसार प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा १३ जना बढुवा भएका थिए । 

null

बढुवाको फुली लगाउनेहरूमा एआईजी भट्टराई, प्राविधिक प्रहरी नायव उपरीक्षक डा. विदुर प्रसाद आचार्य तथा प्राविधिक प्रहरी निरीक्षकहरू चन्द्रकला शर्मा सुवेदी, सगुन लोहला, उमेश कुमार चौधरी, राजकुमार श्रेष्ठ, बुद्धिमान दोङ (तामाङ), श्याम बहादुर बलायर, हरि बहादुर थापा, अशोक कुमार गुप्ता, नारायण कुमार योगी, काजीमान लामा, कुवेर न्यौपाने, लोकेन्द्र सिंह धामी र सन्तोष थापा मगर छन् ।   

salt training

कमेन्ट गर्नुहोस्