
भक्तपुरको हनुमन्ते खोलामा अन्दाजी ३०/३२ वर्षका युवकको शव भेटिएको छ । शनिबार दिउँसो भक्तपुर नगरपालिका-१ सृजनानगरस्थित रहेको हनुमन्ते खोलामा ती युवकको शव फेला गरेको हो ।
शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरीले आफन्तको सजिलोका लागि शवको हुलिया भने सार्वजनिक गरेको छ।
भक्तपुर प्रहरीका अनुसार ती युवकको उचाइ ५ फिट ५ इन्च, मंगोलियन अनुहार, दाहिने कानमा कालो रबरको टप लगाएको, बायाँ हातमा स्टिलको चुरा लगाएको, दाहिने हातमा कालो रबरको चुरा लगाएको, दाहिने हातमा रञ्जित (RANJEET) लेखेको ट्याटु खोपेको, बाँया हातमा महिलाको आकृति भएको ट्याटु खोपेको छ ।