३० असार २०८३, मंगलबार

जनताको मौलिक अधिकार खोस्ने कानुन बन्दैनन्ः सभामुख

फागुन २४, २०८१
काठमाडौं
जनताको मौलिक अधिकार खोस्ने कानुन बन्दैनन्ः सभामुख

सभामुख देवराज घिमिरेले जनताको मौलिक अधिकार खोस्ने गरी संसद्ले कानुन नबनाउने बताएका छन् । प्रेस क्लब गण्डकीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उनले लामो समयको सङ्घर्षको जगमा लोकतन्त्र ल्याइएको भन्दै जनताको हित विपरीत कानुन संसद्ले नबनाउने स्पष्ट पारे। 

लोकतान्त्रिक प्रणालीमा प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउने गरी कानुन नबन्ने सभामुख घिमिरेले उल्लेख गरे । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसद्ले कुनै कानुन नबनाउने बताउँदै उनले भने, “कानुनको अभावमा धेरै बेथिति बढेका छन्, बेथितिलाई नियन्त्रण गर्न कानुन बनाउने हो, जनताको मौलिक अधिकार खोस्ने गरी कानुन बनाउन सम्भव छैन ।”

गलत कुराहरूको प्रचार रोक्नका लागि कानुन आवश्यक भएको भन्दै उनले सामाजिक सञ्जालमा देखिएको विकृति, विसङ्गतिलाई नियन्त्रण र नियमन गर्न आवश्यक रहेकामा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्