०२ असार २०८३, मंगलबार

इन्टरपोलबाट रेड नोटिस जारी भएका बलात्कार आरोपी पक्राउ

फागुन २५, २०८१
काठमाडौं
इन्टरपोलबाट रेड नोटिस जारी भएका बलात्कार आरोपी पक्राउ
फाइल तस्वीर ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका एक जना बलात्कार आरोपी पक्राउ परेका छन् । 

जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुली कमलामाई नगरपालिका-२ चियाबारी घर भएका २७ वर्षीय आशिष बुढाथोकी शनिबार पक्राउ परेका हुन् । 

एनसीबी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 

जबर्जस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भएपश्‍चात एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५  फेब्रुअरी १४ मा उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्