११ साउन २०८३, सोमबार

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना प्रहरी नियन्त्रणमा

फागुन २५, २०८१
काठमाडौं
मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित सडकखण्डबाट शंकास्पद अवस्थामा मोटरसाइकल चलाइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका-९ निर्दिम घर भई हाल ललितपुरको बालकुमारी बस्ने २० वर्षीय विराट पंज्ञानी रहेका छन् । 

ट्राफिक प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दा नियन्त्रणमा लिइएको प्रदेश ३-०२-०३० प १७२७ नम्बरको सेतो रंगको २०० सीसीको एनएस पल्सर मोटरसाइकल गत फागुन १ गते ललितपुर महानगरपालिका–२० छावहिल नटोलस्थित सडकखण्डबाट हराएको खुलेको छ। 

उक्त मोटरसाइकलबारे जिल्ला पाँचथर फिदिम नगरपालिका–७ का शिवाक्ष राईले खोजतलासका लागि निवेदन दिएका थिए।

पक्राउ परेका पंज्ञानीलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्