
जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाई कार्यालय स्थापना गरिएको छ ।
भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प पीडितका लागि सो कार्यालय स्थापना गरिएको हो ।
गृहमन्त्री रमेश लेखकले आइतबार उक्त कार्यालयको उद्घाटन गरे । अघिल्लो वर्ष कात्तिक १७ गते रामिडाँडा केन्द्रविन्दु भई भूकम्प गएको थियो ।
कार्यालय स्थापनासँगै स्थानीयवासीमा पुनर्निर्माण हुने कुरामा विश्वास पलाएको छ । भूकम्पबाट सबैभन्दा बढी जाजरकोटमा क्षति भएको थियो । कार्यालय स्थापना भएको रिम्ना भूकम्पले धेरै क्षति गरेको ठाउँ हो ।