०३ असार २०८३, बुधबार

१० वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा सशस्त्रका सई पक्राउ

चैत १, २०८१
काठमाडौं
१० वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा सशस्त्रका सई पक्राउ

१० वर्षीया बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा महोत्तरीमा सशस्त्र प्रहरी बल नेपालका नायब निरीक्षक (सई) पक्राउ परेका छन् । 

महोत्तरीको लोहारपट्टी नगरपालिका-४ स्थित सशस्त्र प्रहरी रेल्वे ट्रयाक पोस्टका तीन बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा सशस्त्र प्रहरीका सई धर्मेन्द्रसिंह महतो पक्राउ परेका हुन् । 

सई महतोले ती बालिकालाई बलात्कारको प्रयास गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । स्थानीयले पोस्ट घेरेपछि उनलाई नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाएको छ ।

‘उहाँले बालिकामाथि दुर्व्यवहार गरेको भनिएको छ । सशस्त्रले हामीलाई बुझाएको छ । घटनाका विषयमा अनुसन्धान थालेका छौं’, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोर चौहानले लोकान्तरसँग भने, ‘पीडित पक्ष जाहेरीका लागि आउँदै गरेको खबर पाएका छौं ।’

शुक्रबार बिहान मन्दिरमा पूजा गर्न गएकी बालिकालाई रेल्वेट्र्याक सुरक्षा पोस्टमा कार्यरत सई महतोले बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको स्थानीयको आरोप छ। 

salt training

कमेन्ट गर्नुहोस्