
पर्वतमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
कुश्मा नगरपालिका-३ दुर्लुङ काफलचौर बस्ने २५ वर्षीय अजय विकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
विकले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।