२१ असार २०८३, आइतबार

ट्याक्सी चालकको हत्या आरोपमा फरार बाबु लामा १३ वर्षपछि पक्राउ

चैत १, २०८१
काठमाडौं
ट्याक्सी चालकको हत्या आरोपमा फरार बाबु लामा १३ वर्षपछि पक्राउ

१३ वर्षअघि एक ट्याक्सी चालकको हत्या गरेको आरोप लागेका काभ्रेका बाबु लामा पक्राउ परेका छन् । 

काभ्रेको साविक भुग्देउँ महाँकाल गाविस-७ हाल बेथानचोक गाउँपालिका-६, सिउँरानीका ३६ वर्षीय लामालाई प्रहरीले यही फागुन २८ पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

२०६६ मंसिर २६ गते राति १२:३० बजेतिर बा १ ज ९१४ नम्बरको ट्याक्सी चालक काभ्रेको साविक महादेवटार गाविस-९ हाल रोशी गाउँपालिका-४ लेम्बाबेसी २५ वर्षीय मेघबहादुर तामाङलाई ठमेलबाट कोटेश्‍वर जानुछ बाबुको समूहले लगेको थियो ।

त्यसपछि उनीहरूले भक्तपुर मध्यपुर ठिमी नगरपालिका– १६, स्थित नरेफाँट लगि ट्याक्सीमा सवार चार जनाले घाँटीमा गलबन्दीले कसी खुट्टा बाँधी उनको हत्या गरेका थिए । हत्यापश्चात उनीसँग भएको नगद र मोबाइल समेत लुटपाट गरेको घटनामा लामा भक्तपुर जिल्ला अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् ।

२०७८ भदौ ३ गतेको फैसलाले उनलाई २० वर्ष कैद ठहर भएको थियो । फरार उनलाई विशेष सूचनाका आधारमा  झापाको मेचीनगर नगरपालिका-६ काँकडभिट्टा क्षेत्रबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्