०७ साउन २०८३, बिहीबार

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

चैत २, २०८१
काठमाडौं
अल्बानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-४ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका-१० बस्ने ३४ वर्षीय युवराज घिमिरे रहेका छन् । उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । 

युवराजले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका युवराजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी, काजी कुमार आचार्यले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्