२१ जेठ २०८३, बिहीबार
प्रहरीमा नयाँ नेतृत्व

भावुक हुँदै आईजीपीले भने– 'पहुँच होइन, पद्धतिको विकास गर्नेछु'

चैत ५, २०८१
काठमाडौं
भावुक हुँदै आईजीपीले भने– 'पहुँच होइन, पद्धतिको विकास गर्नेछु'

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी संगठनमा पहुँच नभई पद्धतिको विकास गर्ने बताएका छन् । मंगलबार गृह मन्त्रालयमा गृह सचिवको हातबाट दर्ज्यानी चिन्ह लगाएपछि धन्यवाद ज्ञापन गर्ने क्रममा थापाले उच्च मनोबलका साथ निष्ठापूर्वक काम गर्ने बताएका हुन् । 

null

सम्बोधनका क्रममा थापा केही समय भावुक भएका थिए । आफ्नो परिवार र संगठनका सकल दर्जालाई सम्झँदै उनले भने, ‘मलाई यहाँसम्म पुर्‍याउन सबैभन्दा पहिला मेरो मातापितालाई सम्झन्छु, मलाई हौसला दिने मेरी जीवन संगिनी र परिवारलाई सम्झन्छु, मलाइ मार्ग दर्शन गर्ने संगठनका सकल दर्जालाई सम्झन्छु ।’ 

संविधानको मर्म अनुरूप संघीय कानुनको कार्यान्वयन, विधिको शासन र मानव अधिकारको प्रत्याभूति दिलाउन आफूले उच्च मनोबलका साथ निष्ठापूर्वक काम गर्ने उनले बताए । 

null

नेपाल प्रहरीको क्षमता अभिवृद्धि र स्रोत साधनको वृद्धि गर्नेतर्फ आफू लागि पर्ने उनले बताए । नेपाल प्रहरीमा सुधार आवश्यक रहेको र त्यसका लागि साइत कुर्ने बेला नभएको उनको भनाइ छ । ‘प्रहरी कर्मचारीले दुःख भोग्न नपरोस् भनेर म दृढ रहने छु, मेरो लक्ष्यबाट म किञ्चित पछि हट्ने छैन,’ उनले भने, ‘अहिले हामी भएका प्रतिस्पर्धीमध्ये जेष्ठ र अरू आधारमा म यहाँ पुगेको हुँ, मैले कार्य क्षेत्रका दौरानमा साढे २९ वर्ष काम गरें । त्यसैले पनि पहुँचको होइन थिति बसाल्न म हरहमेसा लागि पर्नेछु ।’ 

null

थापाले आफ्ना सहकर्मीबाट साथ र सहयोग पाउने अपेक्षा गरे । उनले अपराध अनुसन्धान नियन्त्रणमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग निरन्तर समन्वय गरेर काम गर्ने बताए । आफ्नो कार्यकालमा कुनै पनि गुनासो नआउनेगरी जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्