१० साउन २०८३, आइतबार
कांग्रेस पदाधिकारी बैठक

पूर्वराजा ज्ञानेन्द्रले जनता भड्काउन खोजे कांग्रेसले प्रतिवाद गर्ने

चैत ५, २०८१
काठमाडौं
पूर्वराजा ज्ञानेन्द्रले जनता भड्काउन खोजे कांग्रेसले प्रतिवाद गर्ने
फाइल तस्वीर ।

नेपाली कांग्रेसले पूर्वराजा र राजावादीले भ्रम सिर्जना गर्न खोजेको भन्दै यसको प्रतिवाद गर्ने जनाएको छ । 

मंगलबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले फागुन २५ गते राजावादीले गरेको प्रदर्शनको समीक्षा गर्दै उनीहरूले गणतन्त्रको विरुद्धमा भ्रम सिर्जना गर्न खोजेको जनाएको हो । 

‘फागुन २५ गते पूर्वराजा र राजावादीले प्रदर्शन गर्दै गणतन्त्रको विषयमा भ्रम सिर्जना गर्न खोजे । तर, पश्चिमबाट सूर्य उदाउँदैन भनेजस्तै अब नेपालमा राजसंस्था सम्भव छैन भन्ने हाम्रो निष्कर्ष हो’, बैठकपछि लोकान्तरसँग कुरा गर्दै सहमहामन्त्री महेन्द्र यादवले भने, ‘हामी संविधान, गणतन्त्र र यसको व्यवस्थाप्रति पूर्ण प्रतिवद्ध छौं । एक ढिक्का भएर राजावादीको अभियानको प्रतिवाद गर्ने निर्णय भएको छ । यसका लागि औपचारिक निर्णय गर्न चैत १० गते कार्यसम्पादन समितिको बैठक बोलाएका छौं ।’

बैठकमा राजावादीको प्रदर्शनबारे गृहमन्त्री रमेश लेखकले बिफ्रिङ गरेका थिए । बैठकमा समसामियक राजनीतिक, नेविसंघको अधिवेशन, पार्टी अभियानबारे पनि छलफल भएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्