२६ असार २०८३, शुक्रबार

एमालेले गणतन्त्रको पक्षमा देशैभर प्रदर्शन गर्ने

चैत ७, २०८१
काठमाडौं
एमालेले गणतन्त्रको पक्षमा देशैभर प्रदर्शन गर्ने

राजावादीले प्रतिगामी प्रयास गरेको भन्दै सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले देशभरका सबै वडामा एकसाथ प्रदर्शन गर्ने भएको छ ।

वडा केन्द्रित अभियानलाई जोड्ने भन्दै एमालेले आगामी चैत ११ गते देशभरका वडामा यस्तो कार्यक्रम गर्ने जनाएको हो ।

‘प्रतिगामी कूप्रयासका विरुद्धमा पार्टीको वडा केन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने,’ एमालेले भनेको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्ला स्तरमा अन्तर सम्वाद कार्यक्रम आयोजना गर्ने ।’

साथै चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरणसभा आयोजना गर्ने एमालेको निर्णय छ ।

जागरणसभा नहुने जिल्लाका हकमा वृहत् मोटरसाइकल र्‍याली गर्ने तयारी एमालेको छ ।

चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने र काठमाडौं उपत्यकाको विशेष सभाको योजना पछि तय गरिने एमालेले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्