०३ असार २०८३, बुधबार

सम्झौताको दश महिनापछि पुल निर्माण शुरू

चैत ८, २०८१
तनहुँ
सम्झौताको दश महिनापछि पुल निर्माण शुरू

तनहुँको भिमाद नगरपालिका–५ र ६ जोड्ने बुढुवाखोलामा पक्की पुल निर्माण शुरू भएको छ । सम्झौता भएको दश महिनापछि पक्की निर्माण शुरू भएको हो । 

विसं २०८१ जेठ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी दुई करोड ५९ लाख ५७ हजारमा पुल निर्माण गर्नेगरी जिल्ला पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनी दीपज्योति शर्मा जेभीबीच सम्झौता भएको थियो ।

विसं २०८२ मङ्सिर २० गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । पुल निर्माणको शिलान्यास बिहीबार गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले गरेका हुन् ।

शृङ्गपथअन्तर्गत पर्ने उक्त पुल निर्माण भएपछि तनहुँसहित पाल्पा, नवलपुर र स्याङ्जा आवागमन सहज हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्