२८ जेठ २०८३, बिहीबार

आज रातिदेखि आइतबारसम्म मौसम बदली हुने, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

चैत ८, २०८१
काठमाडौं
आज रातिदेखि आइतबारसम्म मौसम बदली हुने, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज रातिदेखि आइतबार साँझसम्म मौसम केही खराब हुने सम्भावना छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ एक सन्देश जारी गर्दै चैत ८ गते राति देशभरका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात हुने जानकारी दिएको छ ।

पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराईमा कोशी र मधेश प्रदेशमा यस्तो प्रभाव पर्ने देखिएको छ ।

चैत ९ गते पनि देशभरका हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ। पहाड र तराईका कतिपय ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्