
इलामको माङसेबुङ गाउँपालिका- ६ स्थित पर्यटकीय क्षेत्र पारुहाङ साकेला थानमा राखिएको वाबु (चिण्डो)को प्रतिमा । स्थानीयले आर्थिक सङ्कलन गरी वाबुको प्रतिमा निर्माण गरी सकेलाथानमा राखेका हुन् । वाबु अर्थात् चिण्डो किरात राईहरूको महत्त्वपूर्ण सांस्कृतिक सामग्री हो । राईहरूले जन्मदेखि मृत्युसम्मको सँस्कारमा चिण्डो प्रयोग गर्ने गर्छन् । तस्वीर : रामकुमार लिम्बू/रासस