०६ साउन २०८३, बुधबार

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेशनलबाट उपहार

चैत ९, २०८१
काठमाडौं
नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेशनलबाट उपहार

नबिल बैंकका पाँच जना भिसा कार्डवाहकले भिसा कार्ड इन्टरनेशनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘Best 25 Visa Spender Campaign’ को शीर्ष २५ मा परेका छन् । 

भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू शीर्ष २५ मा परेका हुन् ।

भाग्यशाली विजेता मध्येका एक जोडीले विदेश भ्रमणको दुईतर्फी टिकट पाउने भिसा कार्ड इन्टरनेशनलले बैंकलाई जनाएको छ ।

बैंकले एक कार्यक्रमको आयोजना गरी पाँच विजेताहरूलाई सम्मान तथा उपहार वितरण गरेको हो ।

कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, वरिष्ठ डेपुटी सीईओ मनोजकुमार ज्ञवाली, डेपुटी सीईओ भूपेन्द्र पाण्डे, रिटेल कारोबार प्रमुख निरज शर्माका साथ भिसा कार्ड प्रतिनिधि आशीष चक्रवर्तीलगायतको उपस्थिति थियो । 

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाहरूको शुरूआत गर्दै महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । बैंकले आधुनिक बैंकिङ युगको सुरुआत गर्दै ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ आफ्नो व्यवसाय केन्द्रित गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्