०२ असार २०८३, मंगलबार

प्रजनन केन्द्रमा रिमझिमकली हात्तीले पाइन् छावा

चैत ९, २०८१
चितवन
प्रजनन केन्द्रमा रिमझिमकली हात्तीले पाइन् छावा

चितवनको खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् ।

गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएको केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताए ।

छावाको नामकरण बाह्रौँ दिनमा गरिने जानकारी दिँदै उनले केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती रहेको बताए ।

हाल प्रजनन केन्द्रमा नौवटा ढोइ छन् भने १० वटा छावा छन् । तीमध्ये छ वटाले तालिम पाइसकेका छन् ।

तालिम लिएका ४ भाले र २ पोथी हुन् । बाँकी ४ वटा बच्चामध्ये एउटा पोथी हो भने अरू भाले हुन् ।

salt training

कमेन्ट गर्नुहोस्