२९ असार २०८३, सोमबार

भक्तपुरमा ६६ वर्षीय पुरुषको शव भेटियो

चैत १०, २०८१
भक्तपुर
भक्तपुरमा ६६ वर्षीय पुरुषको शव भेटियो

भक्तपुरमा ६६ वर्षीय पुरुषको शव भेटिएको छ । मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा ६६ वर्षीय ओम प्रकाश राईको शव भेटिएको हो ।

उनको शव आइतबार बिहान करिब ५:५५ बजेको सयमा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी, डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए । 

खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भई हाल बोडे बस्ने राई कवाडीको सामान टिप्ने काम गर्ने गरेका प्रहरीले जनाएको छ ।

उनको दाहिने कानको छेउ र टाउकोमा चोट देखिएको अवस्थामा शव फेला परेको डीएसपी नेउपानेले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्