काठमाडौं, ५ माघ–पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मन्त्रिमण्डल विस्तार गर्ने भएको छ ।

सरकारमा साना दलका तर्फबाट भोलि दुई जना नयाँ मन्त्री थप हुने भएका हुन् । सरकार गठन भएको ६ महिनापछि सरकारले साना दलबाट दुई नयाँ मन्त्री बनाउन लागेका हो ।
समाजवादी जनता पार्टीका अध्यक्ष प्रमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका कुमार थापाले भोलि सपथ लिदने कार्यक्रम रहेको छ ।
सिंहले पुरानै खानेपानी तथा सरसफाई तथा खड्काले महिला बालबालिकाको जिम्मेवारी सम्हाल्ने छन् । सिंह र खड्काको सपथ भोलि दिउँसो साढे २ बजे तय भएको छ ।