२८ जेठ २०८३, बिहीबार

देउवालाई शाहीको जवाफ- बीपीको सिद्धान्त बेचेर खानुभएछ

चैत १०, २०८१
काठमाडौं
देउवालाई शाहीको जवाफ- बीपीको सिद्धान्त बेचेर खानुभएछ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बीपीको सिद्धान्त बेचेर खाएको आरोप लगाएका छन्।

यसअघि देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बन्न लायक नभएको भन्दै राप्रपा अध्यक्ष बन्न सुझाव दिएका थिए।

यसको जवाफ दिँदै शाहीले भनेका छन्, 'बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू, हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ। राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ। त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापतिसँग शपथ खाँदै बन्नुभएको हो ?'

उनले 'जसले भुइँ छोड्छ, उसको पतन निश्चित हुन्छ' भन्ने नेपाली उखान याद गर्नसमेत भनेका छन्। 'सभापतिज्यू, यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ, हिम्मत छ ?,' उनले सोधेका छन्।

salt training

कमेन्ट गर्नुहोस्