
नेपाली कांग्रेस निकट लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं विजयी भएका छन् । मतदान भएको दुई दिनपछि गरिएको मतगणनामा चम्लागाईं भारी मतान्तरले विजयी भएका हुन् ।
उनले ३५१ मत ल्याउँदा प्रतिस्पर्धी उम्मेदवार धेरै पछाडि परे । अध्यक्षका उम्मेदवार विकास थापाले ८८ र कल्पना खड्काले १३ मत मात्रै प्राप्त गरे ।
दुई दिन रोकिए पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि आइतबार सभापति शेरबहादुर देउवाले मतगणना गर्न निर्देशन दिएका थिए । देउवाको निर्देशनपछि सोमबार मतगणना भएको हो ।
उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाईं प्यानलकै उम्मेदवार विजयी भएका छन् ।
उपाध्यक्षमा उदयबहादुर लिम्बु र अनिता घिमिरे विजयी भएका छन् ।
महामन्त्रीमा गणेशबहादुर खत्री र गणेश पासवान विजयी भए ।
उनी कांग्रेस महामन्त्री गगन थापा निकट मानिन्छन् ।