०६ साउन २०८३, बुधबार

हुम्लामा रैथाने बालीको मूल्य निर्धारण, कोदोको प्रतिकेजी १०० रूपैयाँ

चैत ११, २०८१
हुम्ला
हुम्लामा रैथाने बालीको मूल्य निर्धारण, कोदोको प्रतिकेजी १०० रूपैयाँ

हुम्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । 

जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालु आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको जिल्ला खाद्य व्यवस्था समितिका सदस्य सचिव कृष्णबहादुर थापामगरले जानकारी दिए ।

नयाँ मूल्य अनुसार चिनोको चामल प्रतिकेजी १८०, कागुनोको चामल प्रतिकेजी १८०, सिमी प्रतिकेजी १७०, तिते फापर प्रतिकेजी १००, मिठे फापर प्रतिकेजी १२०, उवा प्रतिकेजी १२० र कोदो प्रतिकेजी १०० रूपैयाँ मूल्य निर्धारण गरिएको छ ।

चिनो, कागुनो र तिते फापरको मूल्य अघिल्लो वर्षको तुलनामा पाँच रूपैयाँले बढाइएको छ भने सिमीमा प्रतिकेजी १० रूपैयाँ बढाइएको छ । 

यी सबै रैथाने बालीको खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गाउँपालिकासँग सम्झौता गरेर खरिद गर्नेछ । हुम्लामा रैथाने बालीको आधिकारिक रूपमा मूल्य निर्धारण गर्न शुरू गरिएको यो तेस्रो वर्ष हो । 

बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामालगायतको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्