३१ असार २०८३, बुधबार

कांग्रेसको सूचना प्रविधि विभागमा १० जना मनोनीत

चैत ११, २०८१
काठमाडौं
कांग्रेसको सूचना प्रविधि विभागमा १० जना मनोनीत

नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट प्रमुख रहेको उक्त विभागमा उनीहरूलाई मनोनीत गरेका हुन् । 

मनोनीत हुनेहरूमा ई. उज्ज्वल कोइराला- ताप्लेजुङ, ई. प्रेमचन्द्र राय- महोत्तरी, विजया श्रेष्ठ (केसी)- ललितपुर, प्रा. मोहनजंग शाह- बाँके र डा. निरञ्जन कोइराला- कास्की रहेका छन् ।

यस्तै, कुमार लामिछाने- बर्दिया, रमा केसी- सुर्खेत, प्रेमलाल चौधरी- कैलाली, शेरबहादुर सार्की- बाजुरा र दिलीप कार्की- कञ्चनपुर रहेका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्