
नेपाल विद्युत् प्राधिकरणका तत्कालीन सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।
भ्रष्टाचार गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका उप्रेतीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो ।
सर्वोच्च अदालतले पनि गत मंसिर १२ गते उप्रेतीविरुद्ध दुई करोड ५५ लाख १६ हजार ४६८ रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो ।
फरार रहेका उप्रेतीलाई प्रहरीले आइतबार वनस्थलीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि सोमबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उप्रेतीविरुद्ध मुद्दा दायर गरेको थियो ।