
राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेललाई भेट्न प्रचण्ड सोमबार दिउँसो शीतल निवास पुगेका हुन् ।
उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छन् ।
सोमबार नै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल हुने तय भएको छ ।