
नियन्त्रित लागूऔषधसहित मकवानपुरमा दुई जना पक्राउ परेका छन् ।
हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५७० ट्याब्लेटसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका-२ बस्ने २६ वर्षीय राजेश तामाङ र कास्की पोखरा महानगरपालिका-१९ बस्ने २० वर्षीय निर्मल ढुङ्गेल रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ग १२ प ४९७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।