०७ साउन २०८३, बिहीबार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा, लिए पद तथा गोपनीयताको शपथ

चैत १२, २०८१
काठमाडौं
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा, लिए पद तथा गोपनीयताको शपथ

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रालयमा नियुक्त भएका प्युठानका थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

थापाको नियुक्तिपछि बोर्डले गति लिने मन्त्री पौडेलको विश्वास छ । 

'तपाईंको नेतृत्वमा स्वास्थ्य बीमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु,' मन्त्री पौडेलले भने ।

बोर्डको निर्देशकमा अर्थशास्त्री डा. रघुराज काफ्ले नियुक्त भइसकेका छन् ।

मन्त्री पौडेलले स्वास्थ्य बीमाको सुधार र स्वास्थ्य बीमा कोष बलियो पार्दै यसको दिगोपनामा प्राथमिकता रहेको बताउँदै आएका छन् ।

हालै मात्र उनले स्रोत थप गर्न सकिने विकल्पहरू प्रस्तुत गर्दै यसमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताएका छन् ।

बोर्डका कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री पौडेलले सो अवसरमा बताए ।

यसअघि बोर्डको सदस्य बनेर काम गरिसकेका थापाले स्नातकोत्तर गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्