
काठमाडौं, ५ माघ –प्रेमिले विवाह गर्न अस्विकार गरेपछि एक युवतीले आफ्नै प्रेमीमाथि तेजाव आक्रमण गरेकी छिन् ।
पेशले नर्स लिदिया यशपालमाथि आरोप लागेको छ की उनले ३२ वर्षका जयकुमार पुरुषेत्तमको अनुहारमा तेजाव आक्रमण गरेकी हुन् । उनीमाथि अस्पतालको छुराले प्रेमीको मुखमा आक्रमण गरेको आरोप लगाइएको छ ।
पुरुषोत्तमले प्रहरीमा दर्ता गरेको उजुरीका अनुसार लिदियासँग उनको चार वर्षको प्रेम सम्बन्ध थियो । र, लिदिया उनीसँग विवाह गर्न चाहन्थिन् । तर पुरुषोत्तमका बाबु आमाले धर्म फरक रहेका कारण उनीसँग विवाह नहुने भएको हो ।
प्रहरी उपायुक्त एमएन अनुछेतले भने, ‘मैले यस्तो घटना पहिलो पटक देखेको हु, पछिल्लो १२ वर्षको रेकर्डमा कुनै महिलामाथि पुरुष माथि एसिड आक्रमणको कुनै मामला आएका थिए ।’