२१ असार २०८३, आइतबार

विपक्षी दलको विरोधपछि संसद् बैठक ३० मिनेटका लागि स्थगित

चैत १३, २०८१
काठमाडौं
विपक्षी दलको विरोधपछि संसद् बैठक ३० मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलको विरोधपछि प्रतिनिधिसभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय सम्बन्धमा सरकारको जवाफ माग गर्दै विपक्षी दलले संसद् अवरुद्ध गरेका हुन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर माओवादीका सांसद शक्ति बस्नेतले कुलमानलाई हटाउने सरकारको निर्णय आपत्तिपूर्ण भएको बताए । 

बस्नेत बोलेपछि विपक्षी सांसद उभिएर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

सरकारले सोमबार कुलमानलाई विद्युत् प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्