१२ असार २०८३, शुक्रबार

सर्लाहीको गेष्ट हाउसमा भारतीय महिलाको शंकास्पद मृत्यु

चैत १३, २०८१
सर्लाही
सर्लाहीको गेष्ट हाउसमा भारतीय महिलाको शंकास्पद मृत्यु

सर्लाही सदरमुकाम मलंगवा–९ स्थित बालमन्दिर चोकको ताज गेष्ट हाउसमा भारतीय महिलाको शव फेला परेको छ । भारतको राजधानी दिल्लीस्थित उत्तरपूर्वी सुदामापुरीकी २८ वर्षीय आरती कुमारी बुधवार दिउँसो  गेष्ट हाउसको कोठामा पासो लगाएको अवस्थामा मृत भेटिएकी हुन् ।

गेष्ट हाउसका कर्मचारीहरूले बिहान १० बजे खाना खाएपछि कोठामा गएकी आरती लामो समयसम्म बाहिर ननिस्किएपछि शंका गर्दै झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धानका क्रममा प्रहरीले थाहा पाएको अनुसार हरिवन नगरपालिका–११ का सेराज नामक व्यक्तिले चैत्र ११ गते गेष्ट हाउसको कोठा नं. १०९ आफ्नो नाममा बुक गरी ती महिलासँग बस्दै आएका थिए । प्रत्यक्षदर्शीका अनुसार, सेराज नामक व्यक्ति पछिल्ला तीन दिनदेखि आरतीलाई भेट्न गेष्ट हाउस आइरहेका थिए र उनी आज बिहान पनि महिलासँग भेटेर फर्किएका थिए ।

प्रहरीले घटनास्थलबाट आरतीको लेखिएको सुसाइड नोट समेत फेला पारेको छ। विवाहिता आरती दिल्लीबाट मलंगवा किन आइन् र मो. सेराजसँगको सम्बन्ध के थियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटना संकास्पद रहेकाले गम्भीरताका साथ अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्