३० असार २०८३, मंगलबार

साताको अन्तिम कारोबारमा दोहोरो अंकले बढेर बन्द भयो सेयर बजार

चैत १४, २०८१
काठमाडौं
साताको अन्तिम कारोबारमा दोहोरो अंकले बढेर बन्द भयो सेयर बजार

साताको अन्तिम कारोबारका दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ४१.४३ अंकले बढेर २६६३.३० को विन्दुमा कायम भएको हो । 

यस दिन ८७ लाख ७२ हजार १९६ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रूपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन बुधबार परिसूचक ४०.४७ अंकले बढेर २६२३.२१ को विन्दुमा कायम भएको थियो । आज उपसमूहतर्फ रहेका १३ वटै समूहको सेयर मूल्य वृद्धि भएको छ । 

त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । आज यस लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । 

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ५१ करोड १८ लाख १७ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ । 

बिहीबार बजार पुँजीकरण ४२ खर्ब ४ अर्ब रूपैयाँ बढीको रहेको छ । 

कस्तो रह्यो साताको कारोबार ? 
निरन्तरको गिरावटसँगै साताको पहिलो कारोबारका दिन नेप्से ५४.६२ अंकले घटेर २६१४.६८ को  विन्दुमा कायम भएको थियो । 

साताको दोस्रो कारोबारका दिन सोमबार परिसूचक २६.१० अंकले बढेर २६४०.७८ को विन्दुमा बन्द भयो । 

त्यस्तै, साताको तेस्रो कारोबारका दिन मंगलबार ५८.०५ अंकले घटेको नेप्से २५८२.७३ को विन्दुमा बन्द भयो । 
बुधबार ३९.१३ अंकले बढेको सेयर बजारमा बिहीबार ४१.४३ अंकले वृद्धि भएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्