०९ साउन २०८३, शनिबार

भन्सार छलीका सामान ल्याउन ‘सहयोग गर्ने’ प्रहरीका सई अख्तियारको फन्दामा

चैत १४, २०८१
काठमाडौं
भन्सार छलीका सामान ल्याउन ‘सहयोग गर्ने’ प्रहरीका सई अख्तियारको फन्दामा

रुपन्देहीको प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्का घुस रकमसहित पक्राउ परेका छन् । 

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

सई खड्काले भारतबाट रुपन्देहीको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैध रूपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ । 

पीडितको सूचना एवं उजुरी निवेदनका आधारमा पुगेको आयोगको टोलीले सई खड्कालाई सेवाग्राहीबाट ३० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरेको जनाइएको छ ।

उनलाई रुपन्देहीको मायादेवी गाउँपालिका-६ बाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्