०४ साउन २०८३, सोमबार

लुटपाट गर्न उक्साएको भन्दै पूर्वराजा ज्ञानेन्द्र, प्रसाईं र मिश्रलाई मुद्दा लगाउनेबारे छलफल

चैत १५, २०८१
काठमाडौं
लुटपाट गर्न उक्साएको भन्दै पूर्वराजा ज्ञानेन्द्र, प्रसाईं र मिश्रलाई मुद्दा लगाउनेबारे छलफल

शुक्रबार राजसंस्था पुनःस्थापनाका नाममा पूर्व राजा ज्ञानेन्द्र शाह र उनलाई साथ दिनेविरुद्ध सरकारले कठोर बन्ने संकेत गरेको छ ।  

शान्तिपूर्ण आन्दोलन नगरी सार्वजनिक सम्पत्ति तोडफोड गर्दै अराजकता मच्याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र, राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध कठोर भएर उत्रिने तयारीमा सरकार लागेको हो ।

‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु नागरिकको अधिकार हो । तर राजावादी समूहले विरोध प्रदर्शनका क्रममा शुक्रबार सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, आगजनी गर्ने र धेरै सम्पत्तिको तोडफोड गरेका छन्,’ सरकार निकट स्रोतले भन्यो, ‘यस्तो अराजकता मच्चाउनेमा पूर्व राजा ज्ञानेन्द्र शाह, रवीन्द्र मिश्रदेखि दुर्गा प्रसाईंसम्म देखिए । जाहेरी लिएर उनीहरूविरुद्ध लुटपाट गर्न उक्साएको मुद्दा लगाउनेसम्मको तयारी छ ।’​

प्रसाईंले यो प्रदर्शनको कमान्ड गर्दै भीडमा गाडी कुदाएर तोडफोडको लागि भीडलाई उचालेको भिडियोसमेत सार्वजनिक भएको छ ।

प्रदर्शनको अघिल्लो दिन प्रसाईंले पूर्व राजा ज्ञानेन्द्रसँग भेटेर फर्किएका थिए ।

कमेन्ट गर्नुहोस्