२६ जेठ २०८३, मंगलबार

तीनकुने क्षेत्रमा लम्बियो कर्फ्यु

चैत १५, २०८१
काठमाडौं
तीनकुने क्षेत्रमा लम्बियो कर्फ्यु

राजावादी समूहको उग्र आन्दोलनका कारण अशान्त बनेको बानेश्वर–तीनकुने क्षेत्रमा शुक्रबार अपराह्नदेखि लागू भएको कर्फ्यु आदेश लम्बिएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिबार बिहान ७ बजेसम्म कर्फ्यु लम्ब्याएको हो ।

यसअघि प्रशासनले शुक्रबार राति १० बजेसम्म कर्फ्यु  लागू गरेको थियो । 

बानेश्वर तथा तीनकुने आसपासका चार किल्ला तोकी सो सिमाना भित्र कसैले पनि आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको प्रशासनको सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्